arrow

सिमिकाेट पुगेर के भने अाेलीले हुम्लीलाई ?

स्थानीय तहकाे हवाई निरीक्षण

logo
प्रकाशित २०७५ वैशाख १ शनिबार
oli_humla.jpg

हुम्ला । प्रधानमन्त्री केपी ओलीले हुम्ला पुगेर मुलुक विकसित हुन्छ, भनेका छन् । शनिबार हुम्लाको सिमिकोटमा बोल्दै प्रधानमन्त्री ओलीले अब मुलुक सधैं पछाडि रहन सक्दैन, भनेका हुन् ।

सिमिकोटमा आयोजित एक सभामा उनले भने, ‘अब देशलाई विकसित बनाइन्छ,’ उनले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं ।’ प्रधानमन्त्री ओलीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व बराबर हुने बताए ।

प्रधानमन्त्री ओलीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको पनि सुनाए । कर्णालीलाई अनुकरणीय प्रदेश बनाइछाड्ने प्रण उनले गरेका छन् ।

कर्णालीबाट जडिबुटिको प्रवर्द्धन गर्न सकिने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए । त्यसअघि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय तहको हवाई निरीक्षण गरे ।

हुम्लाका स्थानीयले प्रधानमन्त्रीसामु हवाई तथा सडक, कृषि, स्वास्थ्य लगायतका माग राखे । प्रधानमन्त्री ओलीले स्थानीयले राखेका माग पूरा गर्न आफ् प्रतिबद्ध छु, भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ