arrow

नयाँ वर्ष मनाउन गएका युवकको मृत्यु

logo
प्रकाशित २०७५ वैशाख १ शनिबार
drowning.jpg

जितपुर । यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए । 

उनी पौडी खेल्ने क्रममा माथिबाट जम्प गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीसँगै सातजना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ