arrow

मिसन कम्प्लिट भन्न नपाउँदै ट्रम्पले दिए फेरि सिरिया आक्रमणको चेतावनी

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
donald-trump.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया आक्रमणको ‘मिसन कम्प्लिट’ भनेको केही क्षणमै फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् । 

उनले बेलायत र फ्रान्सको सहयोगमा मिसाइल आक्रमण गरी सिरियाको मिसन पूरा भएको बताएका थिए । तर सिरियालाई उनले फेरि कुनै रासायनिक आक्रमण भयो भने आफूले पनि आक्रमण गर्ने बताएका छन् । 

अमेरिकाले सिरियामा रासायनिक हतियार प्रयोग रोक्न फेरि आक्रमण गर्न तयार गरेको जनाएको हो । 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई अब कुनै पनि हालतमा सिरियामा रसायनिक हतियार प्रयोग गर्ने अधिकार नभएको भन्दै यसमा रोक लगाइने बताइन् ।

सोही बैठकमा सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए ।

चीनले पनि हवाई आक्रमणको विरोध गर्दै सिरियाको समस्या सैन्य हस्तक्षेपबाट ननिस्कने प्रतिक्रिया दिएको छ ।

बैठकमा सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ