arrow

सुमो गाडी पल्टियो, एकको मृत्यु, नौ घाइते

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
accident-final.jpeg

रत्ननगर । चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा नौ जना घाइते भएका छन् । 

शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार सो दुर्घटनामा परी गाडी चालक मकवानपुर हेटौंडाका रवीन्द्र स्याङतान, मकवानपुर भीमफेदीका १९ वर्षीय विजय गोले सोही ठाउँका ११ वर्षीय इमास स्याङ्तान र २५ वर्षीया दिविकामाया थिङ घाइते भएका छन् । 

यस्तै अन्य घाइतेमा मकवानपुर भीमफेदीकै २१ वर्षीया पदमा गोले, मकवानपुर बसामाडीकी २४ वर्षीया बीना लामा, मकवानपुर थाहा नगरपालिका–४ की २२ वर्षीया शोभा लामा, मकवानपुर भीमफेदीकी २० वर्षीया सिर्जना गोले र सोही ठाउँकी २० वर्षीया प्रमिला गोले रहेको प्रहरीले जनाएको छ । 

घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ । 

यता चितवनको भरतपुर महानगरपालिका–१० स्थित पुजा फनपार्कमा रहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । 

भरतपुर वडा नम्बर १७ का २० वर्षीय कालु गुरुङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ