arrow

जुकरबर्गले लिए सन् २०१७ मा एक डलर तलव

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
zakarburg.jpg

काठमाडौं । फेसबुकका मालिक मार्क जुकरबर्गले सन् २०१७ मा एक डलरमात्र तलव लिएका छन् । 

तर उनको निजी सुरक्षा र निजी जेट प्रयोगका लागि फेसबुकले १४२ करोड डलर खर्च गरेको छ । 

यो रकम सन् २०१६ को तुलनामा ५३.५ प्रतिशत बढी हो । 

३३ वर्षीय जुकरबर्ग अहिले फेसबुकको सुरक्षालाई लिएर चिन्तित छन् । उनले अमेरिकी संसदमा समेत स्पष्टिकरण दिइसकेका छन् । 

जुकरबर्गको सुरक्षाका लागि दुई वर्षमा करोडौं खर्च भइसकेको छ । 

उनको लोकप्रियता बढ्दै गएकाले सुरक्षा बढाइएको बताइन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ