arrow

छ दिनदेखि बेपत्ता वृद्ध फेला

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
siraha.png

लहान । सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आइतबार बिहान प्रहरीले फेला पारेको छ । 

गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका, ठेम्हीबाट फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ