प्रधानमन्त्रीले घोषणा गरिदिए : विकास र समृद्धिको यात्रा कर्णालीबाटै शुरु भो
प्रकाशित २०७५ वैशाख २ आइतबार
508
Shares
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डोर्याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउँदै भने, “अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न ।”
प्रधानमन्त्रीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाटै गरेको स्पष्ट गर्दै कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताए ।