arrow

राष्ट्रपतिसँग भेटेर विदा भए साउदीका राजदूत हार्थी

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
harthi.JPG

काठमाडौँ । नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विमर्श भएको थियो ।

भेटमा राष्ट्रपति कार्यालय र  साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरु पनि सामेल भए । हार्थीकाे कार्यकाल सकिएसँगै स्वदेश फिर्ता हुन लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ