इनरुवा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताएका छन् । कांग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताए ।
नेता सिटाैलाले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताए । उनले कांग्रेसविना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न कांग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको अाैँल्याए ।
नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा कांग्रेस कमजोर नभएको बताए ।