arrow

कालीगण्डकीमा बेपत्ता युवकको शव भेटियो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ वैशाख ३ सोमबार
kaligandaki.jpg.jpeg

पाल्पा । शनिवार नयाँ वर्ष मनाउन पाल्पाको रानीघाट गएका   र्दुइ जना नजिकैको कालीगण्डकी खोलामा बगेर बेपत्ता भएका थिए । बेपत्त मध्ये एक जना आइतवार बगेको स्थानबाट २ मिटर तल पानीमा डुबेको अवस्थामा सव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 रिव्दीकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षे आयुष खनालको शव उद्धार टोलीले दिउँसो भेट्टाएको हो ।  रानीमहल नजिकै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा हार्थोककै संगम कार्की र खनाल बगेर बेपत्ता भएका थिए ।

 बेपत्ता कार्कीको खोजी कार्य जारी छ । मृत अवस्थामा भेटीएका खनाल पाल्पा इन्जिनियरीङ्ग कलेजमा अध्ययनरत विद्यार्थी हुन् । उनी परिवारका एक्ला छोरा समेत रहेको पारिवारीक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ