arrow

ओली–प्रचण्ड वार्तामा 

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
oli-prachanda.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वार्तामा बसेका छन् । लामो समयदेखि पार्टी एकताका लागि कार्यदलको बैठकसमेत बस्न नसकेका बेलामा दुबै नेताहरु फेरि एकैठाउँ भेला भएका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्ड आपसमा वार्तामा जुटेका हुन् । वार्तामा दुई नेतामात्र रहेको बालुवाटार स्रोतले जनाएको छ । 

असमझदारी बढेसंगै दुवै नेताहरु आपसमा जुट्न सकेका थिएनन् । 

प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्ने भनी डम्फू पिटेका दुई नेताहरुबीच ओलीको भारत भ्रमणपछि छलफल भएको थिएन । 

प्रधानमन्त्री रारा भ्रमणमा निस्केका थिए भने प्रचण्ड चितवन गएर फर्केपछि सिन्धुपाल्चोकको सिकुटे हानिएका थिए । 


यो गोप्य वार्ताले अप्रिल २२ (बैशाख ९) अर्थात् कम्युनिष्ट पार्टीको जन्म भएको दिनमा एकता गर्ने उपाय खोज्छ कि खोज्दैन भन्नेमा चासो बढेको छ । 

विवाद धेरै विषयमा भए पनि सबै थाँती राखेरै भए पनि वार्तामा बस्नेबारेमा जोड दिन खोजिएको छ । 

महाधिवेशनले सबै विवाद टुंगो लगाउने गरी एकता गर्न खोजिएको पनि बुझिन्छ । भागबण्डा मिल्ने हो भने तत्काल एकता हुने बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ