arrow

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गते बस्ने

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
nc-party-office.png

काठमाडौँ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ ।

बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ