arrow

एमाले-माओवादी एकता:  बैशाख ९ गतेको लगन सर्‍यो, नयाँ साईतको खोजी

भागबण्डा मिल्ने हो भने पार्टी एकतामा कुनै समस्या छैन

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
uml-maobadi-new.jpg

काठमाडौ। सत्तारुढ दल द्वय नेकपा एमाले र माओवादी केन्द्र बिच हुने भनिएको पार्टी एकिकरणको प्रयासले अझै मुर्तरुप पाउन सकेको छैन्। मंगलवार बसेको बैठक पनि बिना निश्कर्ष टुङ्गिएकोले एकता बारे हझै अन्योल जारी रहेको छ।

बैशाख ९ गते गर्ने भनिएको एकता घोषणा पनि अब लम्बिने संकेत देखा परेको सहभागी नेताहरुले बताएका छन्। बैठकमा केही बिषयमा कुरा नमिलेको हुनाले दुई पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई विवादित कुरालाई मिलाउने म्याण्डेट बैठखले दिएको एक नेताले बताए।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रम केपी ओली र पुष्पकमल दहाल बसेर छलफल गर्ने र सकेसम्म चाँडो एकता घोषणा गर्ने निश्कर्षमा बैठक पुगेको हो। बैशाख ९ भनेको कार्यदलले दिएको सुझाव मात्र भएकोले उक्त दिन भएन भने पनि कुनै अचम्म नहुने कुरो दुवै पार्टीका नेताहरुले बताए। 

विवाद के हो भन्ने कुरामा कुनै नेताले पनि आफ्नो मुख खोलेनन तर विवाद छ भन्ने कुरोलाई नाकर्न पनि सकेनन। बैठक पछिको प्रेससँगको कुरामा दुवै पार्टीका नेताहरुले आलटाले जवाफ दिएका छन्। 

अब दुई शिर्ष नेताहरुको बैठक पछि एकता घोषणाकालागि नयाँ मिती तय हुने निश्चित रहेको छ। 

लामो समयको चिसोपछि एकाएक सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुँदा मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका थिए ।

यसका लागि एमालेले सकेसम्म बैशाख ९ गते नै एकता गर्नुपर्नेमा जोड दिएको छ । एमालेको सोमबार राति बसेको स्थायी कमिटीको बैठकले माओवादीसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

तर त्यसका लागि एमालेले कुरो मिल्नुपर्ने बताएको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस वैशाख ९ मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको थियो ।
 
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए ।

पछिल्लो गतिविधिलाई केलाउने हो भने बैशाख ९ गते नै पार्टी एकता घोषणा हुनेमा आशंका छ । किनकि दुवै दलका नेताहरु आपसमा भेटिन त कठिन भइरहेको छ भने सिंगो पार्टी मिल्न तत्काल सम्भव देखिँदैन ।

एक एमालेका केन्द्रीय सदस्यका अनुसार भागबण्डा मिल्ने हो भने पार्टी एकतामा कुनै समस्या नभएको बताउँछन् ।

मंगलबारको बैठकमा अध्यक्ष ओलीका अतिरिक्त एमालेबाट नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रबाट प्रचण्डका अतिरिक्त श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ