arrow

आर्थिक गणना २०७५ सम्वन्धी सचेतना गोष्ठी

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
gosti.jpg

रोल्पा (लिबाङ) ।  जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले राष्ट्रिय आर्थिक गणना पश्चात देशको समग्र आर्थिक अवस्थाका बारेमा जानकारी हुने बताएका छन् । जिल्ला आर्थिक गणना कार्यालय रोल्पाको आयोजनामा यसैसाता सम्पन्न आर्थिक गणना सम्वन्धी सचेतना गोष्ठीमा बोल्दै उनले यस्तो बताए । उनका अनुसार आर्थिक गणना पश्चात देश समृद्धि तर्फ जान र सरकारलाई अर्थ सम्वन्धी महत्वपूर्ण निर्णयहरु गर्न सहज हुने छ  ।
 
यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले आर्थिक गणना २०७५ राष्ट्रिय कार्यक्रम भएको हुँदा सफल पार्नका लागि सरोकारवाला सबैलाई अनुरोध गरेका छन् ।  उनले कार्यक्रममा बोल्दै विभिन्न फर्मका कर्मचारी, तथा विभिन्न उद्योग ब्यवसायका प्रोपराइटरहरु, ब्यवस्थापक, प्रवन्धक अन्य सरोकारवालाहरु मार्फत गणकहरुलाई सही तथ्यांक उपलब्ध गराएर सहायोग गर्न अनुरोध गरेका हुन् ।  उनले भने “सही तथ्यांक आएमा आगामी दिनमा नीति योजना निर्माणमा सहयोग पुग्ने भएको हुँदा तपाइहरुले काल्पनिक डाटा नदिनुहोला । र गणकहरुले पनि आफूलाई राज्यले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्नुहोला” उनले सम्वन्धीत सबैलाई निर्देशन समेत दिए ।
 
जिल्ला आर्थिक गणना कार्यालय रोल्पाका अधिकृत रोचक सुवेदीले कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ