arrow

निषेधित क्षेत्र विरुद्ध नेविसंघले संघर्ष गर्ने

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
nepal-student-union.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघले राजधानीका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णय फिर्ता गर्न माग गरेको छ ।  नेविसंघले ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने गरी विभिन्न स्थानलाई निषेधित क्षेत्र ताकेको प्रति प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै सो निर्णय फिर्ता गर्न माग गरेको हो ।

महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय गएको टोलीले प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटेर तत्काल फिर्ता लिन ध्यानाकर्षण गराएको नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।  उनले क्याम्पस हाताको क्षेत्रलाई समेत निषेधित क्षेत्र तोकिएकाले १६ बैशाखसम्मा निर्णय फिर्ता नभए नेविसंघ आन्दोलनका कार्यक्रम सहित सडक संघर्षमा उत्रने चेतावनी समेत दिए ।

केन्द्रिय सदस्य शुशिल भट्टले सरकारले संविधानमै व्यवस्था भएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध निषेधाज्ञा जारी गर्नु दुखद् भएको भन्दै नेविसंघ संघर्षमा उत्रिन बाध्य हुने बताए ।

सरकारले काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने गरि २ बैशाखमा विरोध प्रदर्शनका लागि स्थान तोकेको थियो । प्रशासनले  खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला चौर र सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ