arrow

नेविसंघ त्रिचन्द्र इकाई अध्यक्षमा शिवाकोटी सर्वसम्मत

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस ईकाई अध्यक्षमा लोकप्रसाद सिवाकोटी (शान्त) निर्विरोध चयन भएका छन् । उनलाई नेविसंघको केन्द्रीय कार्यालयले बधाईसमेत दिएको छ । 

नेविसंघको छैटौं संसोधित विधान अनुरुप त्रिचन्द्र क्याम्पस नेविसंघ आवद्ध नेता तथा कार्यकर्ता एवं आम विद्यार्थीको भेलाबाट सर्वसम्मत त्रिचन्द्र क्याम्पसको ईकाई अध्यक्ष चयन भएकोमा नेविसंघ प्रधान कार्यालयले उनलाई बधाई दिएको हो । 

नेविसंघ महामन्त्री कुन्दन काफ्लेले जारी गरेको विज्ञप्तिमा संगठनको मुल्य, मान्यता र आदर्शलाई आत्मसाथ गर्दै संगठनको शिर उँचो राख्न निरन्तर लागिरहने विश्वास समेत व्यक्त गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ