arrow

अदुवा खोलाको त्रास रोक्न काम हुदै

logo
गोपाल अधिकारी,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
aduwa-khola1.jpg

झापा, विर्तामोड । वर्षेनी अदुवा खोलाको समस्या झेल्दै आएका विर्तामोडवासीले यो  पटक भने खोलको समस्यावाट थोरै भए पनि राहात पाउने भएका छन् । विर्तामोड नगरपालिकाको आर्थीक सहयोगको सञ्चालनमा १ स्काभेटर र १ भ्याकु को प्रयोग गरि ४ फुट खोलाको गरिहो बढाएसँगै स्थानीयले राहत पाउने भएका हुन् ।

वर्षेनी अदुवा खेलाले किनारा  कटान गरि सहर पसेर धनजनको छेती गर्दै आएको छ । अर्जुनधारा नपा वडा नं. ५ को सिमना निरौला बस्तीबाट सुरु गरिएको उक्त्त अभियान हाल विर्तामोड नगरपालिका पूर्व पश्चिम राजमार्गको नव निर्मत पुलसम्म गरिने विर्तामोड नपा १ का वडाध्यक्ष अग्नी प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

  दैनिक सहरको फोहोरको थुप्रो झेल्दै आएको अदुवा खोलामा फोहोर उचित ठाँउमा व्यवस्थापन गरि नगरपालिकाको गाडीमा फोहोर पठाउन समेत सम्पूर्णमा वडा नं १ का वडाध्यक्ष अग्नी प्रसाद पाण्डेले आग्रह समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ