arrow

जवेगुको पहलमा सातघुम्ती भिरको मोटरबाटो जोडियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
sat_ghumti_bhir.jpg

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० मा रहेको सात घुम्ती भिर मोटरबाटो जोडिएको छ । फिदिम नगरपालिकाको २५ लाख रुपैयाको लागतमा उक्त मोटरबाटोको निर्माण कार्य सकिएको उपभोक्ता समितीका अध्यक्ष ठहरमान थाम्सुहाङले बताउनुभयो । चटानयुक्त ढुंगाका कारण अधुरो रहेको सडक जोडिएपछि त्यस क्षेत्रका स्थानियहरु हर्षित भएका छन् ।

गत वर्षनै काम सक्ने भएतापनि रकम अभावका कारण काम रोकिएको समितीका अध्यक्ष थाम्सुहाङले बताए । नेपाली काग्रेस पाँचथरका निर्वाचित जिल्ला सचिव तथा समाजसेवी रुपनारायण जवेगुको विशेष पहलमा उक्त मोटरबाटो निर्माणकार्य पूरा भएको हो । समाजसेवी स्वर्गिय पर्शुराम जवेगुले परिकल्पना गरेर निर्माण थालिएको उधुरो उक्त मोटरबाटोको  रुपनारायण जवेगुको पहलमा पूरा भएको हो ।

यो सडक निर्माणका क्रममा स्थानियहरु सित सल्लाह,सुझाव र परामर्श गरेर चन्दा मात्रै प्रत्येक घरबाट ५ हजार देखि ५५ हजार रुपैयाका दरले १३ लाख रुपैया रकम संकलन भएको थियो ।

यस्तै साविक याङनाम गाविस बाट १४ लाख रुपैया,स्थानिय विकाश मन्त्रालयमा पूर्ण कुमार शेर्मा हुँदा ५ लाख रुपैया,यातायात मन्त्रालय बाट ५ लाख रुपैया,सांसद विकाश कोष बाट १७ लाख रुपैया र अहिले फिदिम नगरपालिका बाट २५ लाख रुपैया रकम बाट उक्त सडकको काम पूरा भएको हो ।

यो सवै रकम संकलन र जुटाउन जवेगु सक्रिय भएर लाग्नुभयो, त्यसबेला यो मोटरबाटो पूरा हुनेमा स्थानियहरुनै आशंका गर्दथे, तल माथि पहिरो चटानयुक्त ढुंगालाई फोरेर सडक निकाल्नुपर्ने हुँदा आंशका हुनुपनि स्वाभिकै थियो,तर उनले त्यसको कुनै प्रवाह नगरी फिदिम नगरपालिकासँग समन्वय गरेर ढुंगालाई ब्लाष्टिङ गरेर मोटरबाटो जोडेर देखाए ।

अहिले सो  मोटरबाटो निर्माण भए पश्चात फिदिम नगरपालिका वडा नम्बर १० बासीलाई मात्रै नभएर,फालेलुङ,हिलिहाङ,याङवरक तथा नगरबासी समेत लाभान्वित भएका छन् । मोटरबाटोलाई फिदिम—फालेलुङ सम्मको मोटरबाटो जोड्ने लक्ष्य रहेको र यसले हामी सवैलाई सहज भएको वडा नम्बर १० का वडाअध्यक्ष बिरहाङमा थाम्सुहाङ (विना)ले बताइन् ।

०६९ सालमा ट्रयाक ओपन भएको यो सडक निर्माणतको समयमा क्याप्टेन स्वर्गिय उदय बहादुर जवेगुले ७० हजार रुपैया,बेघराज जवेगुले ५५ हजार रुपैया,ठहरमान थाम्सुहाङले ५० हजार रुपैया,राजेन्द्र जवेगुले ५१ हजार रुपैया,हस्तराज थाम्सुहाङले ४५ हजार रुपैया तथा रुपनारायण जवेगुले २२ हजार रुपैया रकम प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ