arrow

तिवारी हत्याकाण्डमा संलग्न पुनका ५ मुख्य सहयोगी पक्राउ

पक्राउ परेका सबै राजनितिक तहका व्याक्ति

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
tiwari-encounter.jpg

बुटवल ।  अपराधीक घटना नियन्त्रण गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले गुण्डा नायक मनोज पुनका मुख्य सहयोगीहरुलाई धमाधम पक्राउ गरीरहेको छ ।  मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका तथा दुर्गा तिवारी हत्याकाण्डमा प्रतक्ष संलग्न रहेका ५ जनालाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु मध्ये बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएपछि पुनको जालो राजनितिक तहसम्म पुगेको प्रष्ट भएको हो ।  यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । देवदहमा रहेको मोहीनी हाईजिनका पुर्व सन्चालक हुन भने पक्राउ परेका तुल्सिराम न्यौपाने हरी श्रेष्ठको उद्योगका म्यानेजर हुन् ।

पक्राउ परेकाहरुले राजनितीको आवरणमा रहेर चन्दा असुली र हत्यामा संलग्न रहेका उनिहरुलाई नियन्त्रणमा लिन रुपन्देही प्रहरीले ठुलै मेहनत गरेको छ । प्रहरीले पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । बैशाख ४ गते पक्राउ गरीएको उनीहरुलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनीक गरिएको हो ।

रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुले मनोज पुनका लागि यहांका व्यवसायीहरुको अवस्थाबारे सूराकी गर्ने तथा रकम असुल्ने गरेको प्रमाण फेला परेकोले नियन्त्रणमा लिईएको बताए । पक्राउ परेका मध्ये उत्तम आचार्य एमाले कार्यकर्ता हुन् भने लेखनाथ न्यौपाने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य  हुन् ।

बाहिर बसेर रुपन्देही र अन्य जिल्लामा समेत हत्या र गुण्डा आतंक मच्चाएको मनोज पुन र सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएपछि रुपन्देही वाशीले केहि राहत महशुस गरेका थिए । पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरी अहिले जेलमा रहेका छन् ।

तत्कालिन युवासंघ अध्यक्ष दुर्गा तिवारी हत्यामा सम्लग्न रहेको आशंकामा यसअघि पनि उत्तम आचार्यलाई पक्राउ गरिएको भएपनि माथीको दवाव थेग्न नसकेपछि रातारात छोडेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

पछिल्लो समय अपराधमा संलग्नमाथी निर्मम बनेको रुपन्देही प्रहरीले अपराधमा सम्लग्न राजनितीक कार्यकर्तालाई समेत पक्राउ गर्ने हिम्मत गर्न थालेपछि राजनितीको आवरणमा अपराध गर्दै आएकाहरुको भागाभाग भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ