arrow

कम्युनिष्टहरुको नक्कली राष्ट्रबादको नाराबाट जोगिऔं : नेता पौडेल

अरु परिवर्तन गराउन सभापतिको सोच नै परिवर्तन हुन जरुरी

logo
नारायण रिजाल,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
poudel.JPG

बागलुङ ।  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई कम्युनिष्टहरुको नक्कली राष्ट्रबादको नाराबाट जोगिनका लागि आग्रह गरेका छन् । कांग्रेस बागलुङले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पौडेलले कम्युनिष्टहरु नक्कली जाल बनाएका छन,त्यो जालमा हामी फस्नु हुँदैन ।

 पौडेलले भने ‘कम्युनिष्टहरु चरित्र र सिद्धान्तमा पक्षपाती छन यसबाट हामी जोगिनु पर्छ । कार्यकर्तालाई कर्मशील कांग्रेस बन्न पौडेलले आग्रह गरेका छन । उनले जनताको प्यारो बन्नका लागी मिहेनती कांग्रेस बन्न जरुर रहेको बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेको पौडेलले नेकपा एमाललेले रङगी विरङगी शब्दजाल बुनेर काम भन्दा पनि गफ धेरै गर्ने बताए । देशमा निमुखाले न्याय र विपन्नले आय पाउनुपर्छ भन्दै अबको कांग्रेस जगाऔं अभियान गरिब निमुखाको झुपडिबाट सुरु गर्ने बताए । पार्टि सभापति शेरबहादुर देउवाले धेरै समय सम्मपनि पदाधिकारी मनोनयन गर्न नसकेको भन्दै अरु परिवर्तन गराउन सभापतिको सोच नै परिवर्तन हुन जरुरी रहेको बताए । उनले भने ‘म हरेक कुरामा निर्विरोध गरौ भन्छु, उहाँको सोच फरक छ, अनि कसरी मिल्छ कुरा ।

नेता पौडेलले पार्टि भित्र न्याय निपक्षता,र पार्दशिताको मुल्याङन गरेर अगाढि बढनका लागि आवश्यक रहेको बताए । गएका निर्वाचनमा हार वेहोर्नु परेको पार्टि भित्रको गुट उपगुट को कारण अबको गुट भनेकै कांग्रेस हो भन्ने हिस्साबाट अगाडि बढ्नका लागि कार्यकर्तालाई आग्रह गरे । आउँदा दिनमा कांग्रेसले ठोस निर्णयका साथ अगाडि बढने छ, पौडेलले भने, हामीमा निष्ठा र नैतिक विचारको खडेरी परेको छैन आगामी दिनमा जनताको प्यारो हुने छौं ।

 देशमा हरेक क्रियाकलाप कांग्रेसको नेतृत्वमा सफल भएका र कम्युनिष्टहरु केबल रिवन काट्न मात्र पुगेको आरोप लगाए । उनले कांग्रेसले गरेको काममा कम्युनिष्टहरुले जस लिने काम गरेको भन्दै अहिलेको समयमा सबै जनता सचेत हुन जरुर रहेको बताए । नेता पौडेलले स्थानिय तहमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिलाई राम्रो काम गरेर आगाडि बढनका लागि सुझाव दिएका थिए ।

 उनले अब कांग्रेस जनताको स्वार्थसँग प्रत्यक्ष रुपमा गाँसिएर अगाडि बढने जनताको साथमा रहेको जानकारी गराए ।  पौडेलले युवाहरुलाई लक्षित गरी भने, गाँउका जनता पलायन रोक्नका लागि गाउँमानै आम्दानीको श्रोतको खोजिका लागि कांग्रेसले साथ दिनेछ । पौडेलले कांग्रेस कृषिक्रान्ती, पर्यटनको विकास र उर्जा शक्तिको विस्तार लागायतका मृद्धाहरु लिएर आगाडि बढने उद्देश्य राखेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ