arrow

किशोरी बलात्कार गर्ने ठगुन्ना प्रहरी नियन्त्रणमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
Child-rape.jpg.jpeg

पुनर्वास,कञ्चनपुर ।  पश्चिम नेपालको कञ्चनपुर स्थित कृष्णपुर नगरपालिकामा एक किशोरीलाई बलात्कार गर्ने ४२ वर्षिय धनसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरि कारवाहीको प्रकिया अघि बढाएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने ठगुन्नाद्वारा मंगलबार  दिउँसो ३ बजे सोही ठाउँकि १४ वर्षिया एक किशोरी बलात्कृत भएकी थिइन ।

बलात्कारमा संलग्न ठगुन्नालाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले आबश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ