arrow

ओलीको जिल्लाका एमालेका नेताहरु विवेकशील साझा पार्टीमा प्रवेश

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
rabindra-mishra-bibeksil-entry-uml.JPG

झापा । सुरुङ्गाको एमालेका २ पटक निर्वाचित गाउं विकास समितिका अध्यक्ष र पछि लामो समय स्वतन्त्र रहेर गत स्थानिय चुनावमा मेयरमा सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेका भिमप्रसाद अधिकारीको नेतृत्वमा विभिन्न दलसंग आवद्ध र स्वतन्त्रहरू गरी १६० जना विवेकशील साझा पार्टी प्रवेश गरेका छन् ।

बुधबार सुरुङ्गामा आयोजित एक कार्यक्रमका बीच अधिकारीले लामो समयदेखि आफूहरू विश्वासिलो लोकतान्त्रिक वैकल्पिक पार्टीको प्रतिक्षामा रहेको र त्यो रिक्तता विवेकशील साझा पार्टीले पुर्ति गरेको बताए।

विवेकशील साझा पार्टीले २०७५ साललाई एक लाख सदस्य बनाउने उद्देश्यका साथ संगठन विस्तार वर्ष घोषित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ