arrow

युवा संघ आयोजक कमिटी अध्यक्षमा पौडेल

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
yuba-sangh.jpg

काठमाडौं । युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई जिम्मेवारी दिएको छ । 

यही वैशाख ३ गतेदेखि बिहिबार बिहानसम्म बसेको बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोविन्द थापा, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, हस्त शाही र प्रभात कटुवाललाई मनोनीत गरेको छ । 

बैठकले महासचिवमा नरेश शाहीलाई जिम्मेवारी दिएको छ । सचिवमा माधव बास्तोला, राजेश साह, उर्मिला सुनुवार, वचन सिंह, पूर्ण लामा, अन्जना अधिकारी, हिमाल लिम्बू, दीपक जिएम, क्षितिज थेबे, राजु कार्की, धु्रव यादव, सन्तोष रावल र सुरेन्द्र कार्कीलाई मनोनीत गरेको छ । 

बैठकले संगठनका अध्यक्ष राजीव पहारीको राजीनामा स्वीकृत गरेको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले सबैलाई मिलाएर महाधिवेशनको तिथि तय गर्ने जानकारी दिए ।

संगठनका तत्कालीन उपाध्यक्ष दिलु पन्तले भने संगठनको आठौँ महाधिवेशन पछि विभिन्न प्रक्रियाले नवौँ महाधिवेशन गर्न नसकिएकाले तेस्रो पटक महाधिवेशन गर्न नेतृत्व चयन गरिए पनि यस प्रक्रियाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रतिक्रिया दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ