arrow

रामचन्द्र पौडेलले दिए बाम एकतालाई नाटकको संज्ञा

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
Ramchandra_Paudel.jpg

बागलुङ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम एकताको प्रक्रियालाई नाटकको संज्ञा दिएका दिएका छन् । नेपाल प्रेस युनियन बागलुङले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्टहरुले अहिले नाटक मञ्चन गरिरहेको बताए ।

 ‘कम्युनिष्ट साथीहरु नाटक गर्नमा निकै सिपालु हुनुहुन्छ, अहिले नाटक चलिरहेको छ,’ पौडेलले भने,‘यसको अन्त्य कसरी हुन्छ भन्ने कुरा हेर्नका लागि म पनि निकै कौतुहलताका साथ प्रतीक्षा गरिरहेको छु ।’ उनले अब कम्युनिज्मको प्रयोग हेर्न चाहेको बताए । तिन वटै तहको चुनावबाट बहुमत प्राप्त गरेका बामपन्थी पार्टीको सरकारको बिगतको बोली र व्यवहार अब प्रष्ट हुने उनले बताए । ‘ कम्युनिष्ट पार्टीको भन्ने एउटा र गर्ने अर्को देखिएको छ,’ बरिष्ठ नेता पौडेलले भने,‘ कांग्रेस प्रतिपक्षमै बसेर राष्ट्रका लागि आवश्यक भुमिका खेल्छौं । उहाँको बोली व्यवहार अब कस्तो हुन्छ भन्ने हेर्ने बेला आएको छ ।’

नेपाली काँग्रेसले समृद्धिका लागि प्रतिपक्षबाटै भूमिका खेल्ने बताए । ‘राजनीतिक स्थायीत्व र समृद्धिका लागि रचनात्मक भुमिका खेल्छौ, सर्वसत्तावाद र गलत प्रवृत्ति रोक्न पार्टी लाग्छ,’ उनले भने, ‘अस्थिरता हुँदा हाम्रो विकास अलमलिएको छ, अब गति लिनेछ भन्ने विश्वास छ ।’ संघियता नेपालका लागि नयाँ प्रयोग भएकाले सरकार र अन्य सबैले धेरै फराकिलो सोचका साथ काम गर्न आवश्यक भएको उनको भनाई थियो । ‘संघीयता नेपालका लागि नयाँ प्रयोग हो, यसलाई सफल बनाउन सबै लाग्नुपर्छ,’ पौडेलले भने,‘संघीयता असफल हुनु भएको देशको लागि दुर्भाग्य हुन्छ । संघियता सफल बनाउनका लागि सबैले लाग्नुपर्छ ।’ अहिलेको सरकार स्थानीय तहको अधिकार खोस्न उद्यत रहेको उनले बताए । ‘गाउँ गाउँमा सिंहदरबार भनिए पनि अधिकार केन्द्रिकृत गर्ने आशकां उत्पन्न भएको छ,’ उनले भने, अधिकार तल्लो तह सम्म पुगेमा मात्र लोकतन्त्र संघियताको सपना साकार हुनेछ ।’

सरकार र राजनीतिक दलले संवैधानिक निकायलाई कमजोर बनाएको उल्लेख गर्दै अब त्यस्तो गल्ती कोही कसैले दोहोराउन नहुने पौडेलले बताए । ‘संवैधानिक निकायहरु कमजोर हुँदै जाँदा लोकतन्त्र नै खतरामा पर्ने हो कि भन्ने छ,’ उनले भने,‘जसले लोकमानलाई लिए उनीहरुले नै फिर्ता पठाए, शुशिला कार्कीमाथि महाअभियोग दर्ता दुर्भाग्यपूर्ण थियो । अहिले सहसचिव उपसचिवले प्रधानन्यायधिसलाई बर्खास्त गर्ने र सरकारले पनि त्यसैलाई बढावा दिनु गम्भीर छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ