arrow

बादलको नयाँ निर्देशन –‘परिचालित होइन स्वचालित हुनू’

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
badal1.JPG

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई परिचालित होइन स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयमा दोस्रो चौमासिक समीक्षा तथा गृह मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, “ निर्देशनपछि केही दिन स्वःफूर्तरुपमा कामका लागि परिचालित हुने फेरि निष्क्रिय हुने अहिलेको परिपाटि देखियो । अब परिचालित होइन, सधैँ सक्रिय भएर आफैँ स्वचालित भइराख्नुहोस् ।” 

उनले कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोहीअनुसार काम गरे नगरेको आधारमा मूल्यांकन गर्ने पद्धतिको विकास गर्न लागिएको जानकारी दिए । 

उनले मन्त्रालयको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए । 

उनले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिइने स्ष्पट पारे । 

उनले मन्त्रायलयअन्तर्गतका निकायको पूँजीगत खर्च बढाउनका लागि आवश्यक गृहकार्य गर्न पनि निर्देशन दिए । 

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग र प्रहरी किताबखानाको चालु आवका २०७४–७५को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ