arrow

खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
China_drought.jpeg

कोलोम्बो । श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र डिएमसीले जनाएको छ । 

देशको उत्तरी, उत्तरपश्चिमी, र पूर्वी क्षेत्रमा रहेका विभिन्न १० जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ । 

खडेरीका कारण उत्तर पश्चिमी प्रान्तको पुताला जिल्लाका दुई लाख १६ हजार नागरिक खानेपानीको चरम अभाव झेलेका छन् भने उक्त क्षेत्रमा लगाइएका तरकारी तथा अन्य हिउदे बाली समेत सुकेका बताइएको छन् । 

डिएमसीका प्रवक्ता प्रदीप कोदिप्पिलीले सिन्ह्वालाई भने, “खडेरीले खानेपानीको अभाव तथा खेतीबालीलाई सखाप पारेको छ ।” उनले देशको दक्षिणी, मध्य तथा पश्चिमी भूभागमा भने केही समय यता बर्षा भएकाले किसानले राहतको अनुभूति गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ