arrow

सडकको राजा साँढे बन्यो, दुई बसलाई ठक्कर दिँदा १३ घाइते

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
accident-final.jpeg

चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई शुक्रबार बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् । 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा बिहान ३ः२० बजे दुर्घटना भएको हो । 

काठमाडौँबाट प्यूठान जान आउँदै गरेको ना ४ ख ६५९१ नंको बस र काठमाडौँबाट वीरगञ्ज जान आउँदै गरेको ना ७ ख ५०२३ नंको बसलाई भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५२९४ नंको ट्रकले ठक्कर दिएको हो । 

दुर्घटनामा परी प्यूठानतर्फ जान आउँदै गरेको बसका चालकसहित १२ यात्रु घाइते र ट्रकका चालकसहित १३ घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको चितवन मेडिकल कलेज र ११ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

गम्भीर घाइते हुनेमा ट्रक चालक कपिलवस्तु चिरुरीका ४१ वर्षीय कृष्ण चौधरी र बसका यात्रु प्यूठान खलंगाकी ६० वर्षीया सावीदेवी घर्तीमगर र प्यूठानकै नौगिरीटारकी २७ वर्षीया पवित्रा घर्तीमगर रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ