arrow

बालिका बलात्कारीलाई फाँसीको कानुन नबन्दासम्म आमरण अनसनमा स्वाती

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
swati.JPG

काठमाडौं । बालिका बलात्कारीलाई फाँसीको कानुन बनाउन दबाब दिँदै एक महिला कमिशन प्रमुख आमरण अनसन बसेकी छिन् । 

भारतको दिल्ली महिना कमिशनकी अध्यष स्वाती मलिवाल गत फेबु्रअरी १३ तारिखदेखि राजघाटमा अनिश्चितकालीन आमरण अनसनमा बसेकी हुन् । 

उनको स्वास्थ्य कमजोर बन्दै गइरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । 

भारतमा बलात्कारका घटनाहरु दिनानुदिन बढ्दो छन् । तर त्यस्ता बलात्कारीलाई सरकारले कार्वाही गर्न सकेको छैन । 

यो अवस्था विकराल बन्दै गएपछि महिला कमिशन प्रमुख नै आमरण अनसनमा बसेकी हुन् । 

उनले अठोट लिएकी छिन्, ‘आज देशमा महिलाहरु तथा बच्चाहरुको खिलाफमा यौन अपराध चरण सीमामा पुगेको छ  । म तबसम्म अनिश्चितकालीन अनसनमा बसिरहने छु जब सम्म बच्चाहरुको बलात्कारीलाई  ६ महिनाभित्र फाँसीको सजाय दिने कानुन बन्दैन ।’

स्वातीको यो अनिश्चितकालीन अनसनलाई विभिन्न समूहले समर्थन गर्दै राजघाटमा ऐक्यवद्धता जनाउन गएका छन् । 

स्वाती ८ दिनदेखि अनसनमा बसिरहँदा भारतमा पछिल्लो ६ दिनमा पाँच बालिकामाथि बलात्कार भइसकेको छ । 

यो समस्या विश्वमै विकराल बन्दै गइरहेको छ । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ