arrow

प्रधानमन्त्रीलाई विवेकशील साझाले भन्यो- लोकतन्त्रको जग नबिर्सिनुस

निषेधित क्षेत्र घोषणा सरकारको विश्वसनीयता माथिको प्रश्न

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
bibeksheel-sajha-party_(1).png

काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा हालै  जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सात स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त निर्णयले शान्तिपूर्णरुपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी अथर्याएको साझा पार्टीद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।

“पछिल्ला समयमा कयौं भद्र आन्दोलनको प्रतिक बनेको माइतीघर मण्डलालाई समेत निषेधित क्षेत्रमा पार्ने गरिआएको यस निर्णयलाई अविलम्ब फिर्ता लिन हामी सरकार समक्ष जोडदार माग गर्दछौं । साथै प्रधानमन्त्रीले नयाँ बर्षको उपलक्ष्यमा देशबासीका नाममा राराबाट गरेको आफ्नो सम्बोधनमार्फत लोकतन्त्र प्रति पूर्ण प्रतिबद्धता जनाएको २४ घण्टा बित्दानबित्दै आएको यस निर्णयले सरकारको विश्वसनीयता माथि समेत गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।” सो पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले अहिंसात्मक एवं भद्र जनप्रदर्शनमा विश्वास गरेको र आफ्ना अभियान संचालन गर्दा सर्वसाधारण नागरिकहरुलाई कुनै असुविधा नपुगोस् भन्ने तर्फ सदैव सजग रहिआएको जनाएको छ । साथै नागरिक समाजको आवाज मुखरित हुने स्थान (civic space) लाई खुम्च्याउने सो अनुचित निर्णयको विरुद्धमा एकताबद्ध हुन सबै राजनीतिक दलहरु, स्वतन्त्र बुद्धिजीवी लगायत सचेत नागरिक समाजमा अपिल गरेको छ ।

नेपालको संविधानले व्यवस्था गरेको स्वतन्त्रताको हकको विरुद्ध हुने गरी उक्त निर्णय आएको भन्दै साझा पार्टीले निर्णयबाट सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोध अपनाउनेलाई चिन्तित समेत तुल्याएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ