arrow

मच्छिन्द्रनाथको रथ यसपाली धुपीले किन सजाइएन ?

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
machindranath.png

काठमाडौं ।  रातो मच्छिन्द्रनाथको रथ यसपाली धुपीका पातले नसजाइकनै तानिएको छ । रथ यात्रा शुरु गर्नुअघि नै रातो मच्छिन्द्रनाथ र मिननाथको रथमा धुपीको पातले सजाउने परम्परा थियो । रथ तान्नु अघि नै आबश्यक पर्ने सम्पूर्ण सामग्री गुठी संस्थानले जुटाउने गर्छ । तर यसपाली गुठी संस्थानको लापार्वाहीका कारण धुपीको पात हिजो अबेरमात्रै ल्याइएकाले सजाउन नपाइको भन्दै बाराहीहरुले आक्रोस पोखेका छन् । हिजो अबेर मात्रै धुपीका पात ल्याइएकोले रथ तानेको दोश्रो दिन मात्रै रथलाई सजाउने काम गरिँदैछ ।
 
हिजो बिहीबार पुलचोकबाट तान्न थालिएको रातो मच्छिन्द्रनाथको रथलाई आज शुक्रवार गाःबहालबाट मंगलबजार पुर्‍याइन्छ । गएको मंगलबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको थियो । रातो मच्छिन्द्रनाथ संगै मिननाथको रथलाई पनि सँगै मंगलबजारतर्फ तानेर लगिन्छ । हिजो मिननाथ अगाडी र रातो मच्छिन्द्रनाथ पछाडी रहेकोमा आज रातो मच्छिन्द्रनाथ अघि र मिननाथ पछि पछि हुदै नगर परिक्रमा गरिन्छ ।

रथ गाबहाल पुगेको खुशियालीमा आज स्थानीय नेवार समुदायले जात्राभोज मनाउन आफन्तजनलाई बोलाएर खुवाउने परम्परा  छ ।  ३२ हात लामो रथमा बिराजमान मच्छिन्द्रनाथलाई गाःहाल बाट मंगलबजार, सुन्धारा, लगनखेल  हुँदै जावलाखेल पुर्‍याएर भोटो देखाएपछि जात्रा समापन गर्ने परम्परा छ ।
 
लिच्छवीकालमा लामो समयसम्म पानी नपरेर अनिकाल भएपछि तान्त्रिक गुरु बन्धुदत्त, राजा नरेन्द्रदेव र ललित ज्यापुले धार्मिकविधि अनुसार मच्छिन्द्रनाथलाई भारतको आसामबाट ल्याएको जनश्रुती छ । मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएपछि अत्यधिक पानी परेकाले अहिलेपनि यो जात्रा अबधिभर पानी पर्ने जनविश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ