arrow

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
south-koreanorth-korea.jpg

सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एक हप्ता अगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको पहिलो शिखर बैठक यही अप्रिल २७ तारिखमा गर्ने तय भएको छ ।

दक्षिण कोरियामा राष्ट्रपतिको कार्यालयमा र उत्तर कोरियामा ‘न्युक्लियर आर्मड’सम्वन्धी कार्यालयबाट हटलाइन सेवा सञ्चालन गरिएको छ । हटलाइन सेवाको परीक्षणका लागि दुबै पक्षका उच्च अधिकारीले चार मिनेट १४ सेकेण्ड कुराकानी गरेका थिए ।

दुई कोरियाको सम्वन्ध थप सुधारको क्रममा यसलाई अर्को नयाँ कदमका रुपमा हेरिएको छ ।
केही महिना अगाडि भएको शीतकालिन ओलम्पिकदेखि दुई कोरियाकाबीचमा आश्चर्यजनक तरिकाले सम्वन्धमा सुधार आएको छ । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ