अवसरवादी कांग्रेसीलाई पार्टीले खोजीखोजी कार्वाहि गर्ने
३६४ दिन कांग्रेस, चुनावको दिन अर्को पार्टी ?
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
702
Shares
फलेवास, पर्वत । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताएका छन् ।
सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३६४ दिन कांग्रेस बन्ने तर निर्वाचनको दिन अरु दललाई सहयोग गर्ने कार्यकर्तालाई खोजी खोजी कारवाही गरिने उल्लेख गरे।
पछिल्लो तीन निर्वाचनमा कांग्रेस हार्नाको मुख्य कारण अन्तरघात भएको जिकिर गर्दै उनले भने, “काँग्रेसमा कारवाहीको व्यवस्था नहुँदा यस्तो अवस्था आएको हो, अब कारवाहीको व्यवस्था गर्नुपर्छ ।” उनले तरुण दलका कार्यकर्तालाई गाउँगाउँमा परिचालन भएर पार्टीका राम्रा काम नागरिकसम्म पुर्याउन निर्देशन दिए ।