arrow

वार कि पार वार्तामा ओली र प्रचण्ड

शनिवार पुन: वस्दै

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
oli-prachanda.jpg

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  पार्टी एकताको विषयलाई शुक्रवार छलफल भएको छ । दुवै बीच प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल भएको हो ।  

पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार  दुई अध्यक्षले दुबै कार्यदलले एकताबारे बुझाएका सांगठनिक र विधान मस्यौदा सम्वन्धी प्रतिबेदनबारे छलफल गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि शनिवार पुन: वार्ता गर्नुपर्ने भन्दै आजको वार्ता सकिएको छ । शनिवार वार कि पार वार्तामा बस्ने तयारी माओवादीले गरेको केहि नेताहरुले बताएका छन् । दुई अध्यक्षबीच  बिहीबार पनि छलफल भएको थियो  । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

यो गोप्य वार्ताले अप्रिल २२ (बैशाख ९) अर्थात् कम्युनिष्ट पार्टीको जन्म भएको दिनमा एकता गर्ने उपाय खोज्छ कि खोज्दैन भन्नेमा आशंका बढेको छ । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले एकता प्रक्रिया थालेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ