arrow

पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थाले विप्लव, दुई कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
biplab-maobadi.jpeg

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट शुक्रवार दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा शनिवार पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेललाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

पक्राउ गरिएकामध्ये बस्नेत यस भन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट  दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन् ।

उनीहरुको साथबाट जिलेटिन –नियोजेल ९०) ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए  ।

गत चैत १९ गते राति धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्ट्रक्सनका पार्किङ गरी राखिएका सवारीमा आगलागी र बम विष्फोट गराई  तीन करोड भन्दा बढीको क्षति गरेपछि अहिले त्यस क्षेत्रमा विशेष प्रहरी परिचालन गरी विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको समेत उनले जानकारी दिए ।

विप्लव माओवादीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ