arrow

एमाले उपमहासचिव भुसालले फर्साटिकर माविमा बालबालिका पढाउने

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
ghanashayam-bhusal.jpg

बुटवल ।  नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद घनश्याम भुसालले विपन्न २ बालबालिकालाई फर्साटिकर मावि रुपन्देहीमा पढाउने भएका छन् ।

सांसद भुसालले शुद्धोद्धन गाउपालिका वडा नम्बर ४ मा रहेको उक्त विद्यालयमा सोही गाउपालिकाका विशाल विश्वकर्मा र प्रशिन चालिसेको अविभावकत्व ग्रहण गरेका हुन । हरेक जनप्रतिनीधिले विपन्न परिवारका कम्तिमा एक जना विद्यार्थिलाई पढाउने नेपाल सरकारको कार्यक्रम अनुसार सांसद भुसालले कक्षा २ मा भर्नागरी ती बालकको कक्षा १० सम्मको सबै खर्च व्योहर्नेगरी अविभावकत्व ग्रहण गरेको भैरहवा स्थित उनको संसदीय सचिवालयले जनाएको छ ।

दर्शन र राजनीतिमा नाम चलेका पुर्व मन्त्रीले आफुहरुको विद्यालयका विद्यार्थिको अविभावकत्व ग्रहण गर्दा विद्यालयमा चौतर्फी रुपमा उत्साह सृजना भएको विद्यालयका सहायक लेखापाल लक्ष्मण ज्ञवालीले जनाए ।

ज्ञवालीका अनुसार विशालका बुबा आमा ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्दछन् भने चालिसेको परिवारको अवस्था पनि अत्यन्तै नाजुक रहेको छ । सामुदायीक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थिको आर्थिक अवस्था कमजोर हुने गरेको विद्यालयका प्रधानाध्यापक देवराज पौडेलले जनाए । उनले भने ‘हाम्रो विद्यालयमा सामन्य पोशाक र कापी समेत किन्न नसक्ने विद्यार्थि छन् ।

तीनै विद्यार्थि मध्येबाट विशाल र प्रशिनलाइ सम्पुर्ण पढाई खर्चको जिम्मा लिदैं माननीय भुसाल ज्यूले विद्यालयमैआई विद्यालयलाई अन्य सहयोग गर्ने पनि जनाउनु भएको छ । हामी अत्यन्तै खुसी भएका छौं । ’ विक्रम सम्बत २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा गत वर्ष कक्षा १ देखी १० सम्म ८ सय ७२ जना विद्यार्थि रहेका थिए ।

कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा माक्र्सवादका कुशल व्याख्यता भुुसाल पनि अविभावक भएसंगै विद्यालयको शैक्षिक गुणस्तरमा समेत सुधार हुने धेरैले अपेक्षा गरेका छन् ।
यो हप्ता देशैभर जनप्रतिनिधीहरुले विपन्न परिवारका विद्यार्थिको अविभावकत्व ग्रहण गर्नेगरी विद्यार्थि भर्ना अभियानमा सहभागी भएका छन् ।
 
सामन्यतया यो सकारात्मक हो तर २, ४ सय विद्यार्थिको अविभावकत्व ग्रहण गरेर पढाउनु भन्दा सरकार र जनप्रतिनिधीले सबै सामुदायीक विद्यालयमा गुणस्तरीय र निशुल्क शिक्षाकोलागी विशेष अभियान चालेमा लाखौं विद्यार्थिको भविष्य स्वतः सुनिश्चित हुने थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ