arrow

बझाङको देवल विमानस्थल सरकारी व्यवास्ताका कारण १० बर्ष देखि बन्द

तिव्वतको मानासरोवर र साईपाल हिमाल जाने छोटो रुट

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ वैशाख ८ शनिबार
airpot_bajhang_(1).JPG

बझाङ।  जिल्ला सदरमुकाम नजिकै देबलमा  रहेको एक मात्र विमानस्थल विगत ९ बर्ष देखि संचालनमा आएको छैन । २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुर सम्म यातायातका साधन पुग्न थाले पछि देवल विमानस्थल बन्द भएको हो ।

बन्द भएको देवल विमानस्थल सञ्चालन होला र अत्यावश्यक काम पर्दा जहाज बाट आवात जावत  गरौँला भन्ने बझाङ बासीको सपना दश वर्ष वित्दा पनि पुरा हुन सकेको छैन् । विमानस्थलमा जहाज आउन छोडे पछि  खेलमैदान र गौचरनमा परिणत हुनुका साथै  अतीक्रमण समेत बढ्दै गएको छ । २०३५ सालमा तत्कालिन नेपाल वायु सेवा निगमले बझाङको देवल विमान स्थल बाट साप्ताहिक उडान सुरु गरेको थियो । हप्ताको दुइृ दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगडि उडान सुरु गरेको थियो । केही समय पछि  तारा, मकालु, सांग्रिला जस्ता निजी एयरलाइन्सले पनि हप्तामा दुई तीन पटक उडान भर्न सुरु गरेका थिए । तर सरकारी पक्षको व्यवास्ताका कारण असुरक्षित भएको भन्दै निजि कम्पनिहरुले पनि उडान बन्द गरेका थिए । त्यति बेला देखि बन्द भएको विमानस्थल दश वर्ष विति सक्दा पनि सुचारु हुन सकेको छैन ।

विमान सेवा बन्द भए पछि  त्यहा कार्यरत कर्मचारी लाइ समेत अन्यत्रै सरुवा गरिनुका साथै कार्यालयमा भएको समानहरु समेत लिलाम बिक्री गरेका थिए  ।  विमानस्थल सुचारु नहुँदा बझाङ वासीले सास्ती खेप्नु परेको छ । विमान आउन छाडे देखि विमानस्थलका भवनहरु  पनि जिर्ण वनेका छन भने स्थानियवासिले उक्त मैदानलाई खेलमैदान वनाउनुका साथै गौचरणका रुपमा परिणत गरेका छन ।

 एक मात्र हवाइ सेवा वन्द भएपछि स्थानिय वासिन्दाले आकस्मिक विरामी परेर अन्यन्त्र जानु परेमा अकालमै ज्यान गुमाउनु पर्ने वाध्यता रहेको स्थानिय तथा उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताउनु भयो । बर्षातको समयमा जिल्लाका विभिन्न ठाँउमा पहिरो गएर राजमार्ग अवरुछ हुने र धनगडि पुग्न पनि २ दिन लाग्ने गरेको छ भने बाटोमा अलपत्र पर्ने गरेका छन् । उहाँले थप्नु भयो कुनै घटनामा परेका घाईते र सुत्केरीहरु लाई उपचार गर्न धनगडि नेपालगञ्ज पुर्‍याउनु पर्दा   बाटोमै ज्यान गुमाई रहेका छन् ।

२०६५ सालमा सडकले बझांग सदरमुकाम चैनपुर छोए सँगै विमानस्थल बन्द हुनु संयोग मात्र भएको यहाँका नागरिकहरुको भनाई छ । नेताहरुले चुनाव ताका बिमानस्थल सुुचारुका लागी अनिबार्य पहल गर्ने भनि जनता लाई झुट्टा आस्वासन बढ्को तर बिमानस्थल सुचारुका लागी पहल नगरेको नागरिक समाजको आरोप छ । प्रतिनिधी सभा तथा प्रदेश शभामा गरी सात जना सांसदहरुले प्रतिनिधित्व गरेको भए पनि विमानस्थल संचालनमा कसैको चासो नदेखिएको स्थानियहरुको गुनासो रहेको छ । मन्त्रालय मातहतका निकायमा विमानस्थल सञ्चालनका लागि बझांगका सांसद र सरोकारवाला धाउँदा चीन बाट नयाँ जहाँज ल्याएपछि सुचारु गर्ने आश्वासन मात्र मिल्दै आएको बझाङका पूर्व सासद चन्दा देबी जोशीले बताउनु भयो  । विमानस्थल चलाउन प्रयास भए पनि अँझै सफल हुन नसकेको उनिहरुको भनाई छ ।  

बझाड हुदै तिव्वतको मानासरोवर र साईपाल हिङमाल जाने छोटो रुट हुने हुदाँ  यस विमान स्थललाई सरकारले छिटो संचालनमा ल्याउनु पर्ने पर्यटन पत्रकार समुह रमेश केसी को भनाई छ । विमानस्थल सुचारु हुन सके सबै भन्दा छोटो र सस्तो हुने हुदा सबैले चौतर्फि दवाव दिनु पर्ने उनको भनाई छ । राजनीतिक दलका नेता कार्यकर्ता देखि बझाङ भित्रने जो कसैले पनि विमानस्थल सुचारु गर्ने आश्वासन दिए पनि पूरा नगर्ने परिपाटीका कारण जिल्ला बासी असन्तुष्टछन् ।

कालोपत्रे काम सुस्त

जहाजले लामो समय देखि उडान भर्न छोडेको  बझाङ विमानस्थल कालोपत्रे गर्ने भन्दै देउवा सरकारले यसै आर्थिक बर्षमा चार करोड रकम बिनियोजन गरेको भए पनि त्यसको निर्माण कार्यमा सुस्तता देखिएको छ । नागरिक उड्यन प्राधिकरणले यसै बर्ष बोलपत्र आह्वान गरि निर्माण कार्य सुरु गर्ने भनिएता पनी अहिले सम्म कामको सुरुवात नै हुन सकेको छैन् ।   

 सरकारले पटक पटक बझाङ विमानस्थल कालोपत्रे गरी संचालनमा ल्याउने आश्वासन दिएपनि काम संचालन हुन ढिलाई भएको पर्यटन अभियन्ता किशोर खड्काले बताउनु भयो । वहाँले भन्नु भयो हामीले काठमाण्डौमा बसेर नियमित रुपमा दवाप दिई रहेका छौ तर पनी ढिलो भएको छ । नागरिक उड्यन प्राधिकरणले बैसाखको दोस्रो सात बिमानस्थन कालो पत्रे गर्ने बहुबर्षिय बोलपत्र आह्वानको लागी तयारी गरेको भनेको छ अभियन्ता खड्काले भन्नु भयो यस काम लाई छिटो भन्दा छिटो बनाउन सबै क्षेत्रबाट दवाप दिनु पर्ने छ ।

सरकारले एक पटक डिपिआर तयार गरेको भएपनि कालोपत्रेको काम संचालनमा ल्याएन सकेको छैन् । जहाजले उडान भर्न छोडेपछि विमान स्थलको टावर घर भत्किएको अवस्थामा छ स्थानिय कलक धामीले भन्नु भयोे बिमान स्थाल समेत जिर्ण बन्दै गएको छ । दुई हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको सो विमान स्थल पहाडी जिल्ला मध्येकै ठुलो र सुन्दर विमान स्थल मानिन्छ ।  

जहाज संचालन हुदा धनगढी नेपालजंग लगाएतका ठाउँमा आवतजावत गर्न बझाङबाट एक घण्टामै पुगिन्थ्यो भने उडान रोकिएपछि बसमा यात्रा गर्दा १२ घण्टा लाग्ने गर्दछ ।  करिव २ किलो मिटर लामो सो विमान स्थलको घेरवार जिर्ण भएको छ । उडान बन्द भएपछि जिल्ला स्तरिय खेलकुदका कार्यक्रमहरु समेत सोही विमान स्थलमा संचालन हुने गरेका छन् । विमान स्थल सुचारु नहुदा बझाङको साईपाल,खप्तड,लगाएतका ठाउँमा घुम्न आउने पर्यटकहरुलाई समेत समस्या भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ