arrow

पूर्व अर्थ राज्यमन्त्री राणाले भने - भष्ट्रचार गर्नकै लागि श्वेतपत्र जारी गरियो

अर्थमन्त्रीको श्वेतपत्र झुटको खेती

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ वैशाख ८ शनिबार
udhaya-shemsher.JPG

स्याङ्जा । पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र झुटको खेती भएको आरोप लगाएका छन् । नेपाल तरुणदल वालिङ नगरसमितिले राखेको भेटघाट कार्यक्रममा कांग्रेसले ढुकुटी रित्याएको आरोप लगाउन अर्थमन्त्रीले श्वेतपत्र जारी गरेको आरोप लगाएका हुन् । अर्थमन्त्रीले श्वेतपत्र जारी गर्नु भन्दा १० दिन अगाडी नेपाल राष्ट्र बैंकको आधिकारीक रिर्पोटमा २ सय ५० अर्व रुपैया ढुकुटीमा रहेको तथ्याङ्क छ राणा भने ।

गतबर्ष भन्दा यो आर्थिक बर्षमा २० प्रतिशतले राजस्व बृद्धि भएको बताउदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका राणाले भष्ट्रचार गर्नकै लागि श्वेतपत्र जारी गरिएको आरोप लगाए । नेपाली जनतालाई झुटको भ्रम नछर्न सरकारलाई आग्रह गर्दै पुर्व अर्थ राज्यमन्त्री राणाले खर्चनै नभएको ढुकुटी कसरी रित्यो छ प्रतिप्रश्न गर्दै भने । आफ्नै मन्त्रालयले दिएको रिर्पोटलाई बङ्गाएर श्वेतपत्र जारी गर्नु अर्थमन्त्रीको सरासर गलत कार्य भएको राणाले बताए । देशभर पाटी हारेको विषयमा पाटीको समिक्षा बैठक बसिरहेको उल्लेख गर्दै दुई पाटी एक भएका कारण पाटी हारेको स्विकार गरे । नेतालाई गाली गर्नुभन्दा अव पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने तर्फको सुझाव दिन नेता तथा कार्यकर्तालाई राणाले सुझाए ।

पाटीमा एकताको सन्देश दिन नेपाल तरुणदलले प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको राणाले बताए । भेटघाट कार्यक्रममा प्रदेश नम्वर ४ का सांसद भागवत प्रकाश मल्लले प्रदेशको नामाकरणमा प्रदेशसभा लागेको हुदा उत्तम नामका लागि सुझाव दिन स्याङ्जावासीलाई आग्रह गरे । पाटीलाई बलियो बनाउन तरुणदलले जिल्लाका ११ ओटै स्थानीयतहमा तरुण प्रशिक्षण अभियान शुरु भएको बताउदै प्रदेश सांसद मल्लले सबै तरुण युवाहरुलाई गाँउ गाँउमा पुग्न आग्रह गरे ।

 कार्यक्रममा वालिङ नगर सभापति तथा नगर प्रमुख दिलिपप्रताप खाँण, क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, तरुणदल क्षेत्रिय सचिव फणिनारायण रेग्मी, तरुणदल वालिङ नगर अध्यक्ष आशिषप्रताप खाँण लगायतका बक्ताहरुले पाटी एकतामा जोड दिन नेताहरुलाई सुझाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ