arrow

रानीपोखरी पुननिर्माण जेठ १ देखि

पुननिर्माणको नाममा बन्दै गरेको आधुनिक संरचना भत्काउन मात्रै लाखौं लाग्ने

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
ranipokhari.JPG

काठमाडौं ।  काठमाडौं महानगरका मेयर सा’ब विद्या सुन्दर शाक्यले पौडी पोखरीको शैलीमा निर्माण गर्न लागेको रानीपोखरीको कंक्रिटका संरचना यही वैशाख महिनाभित्र निकालेर फालिने भएको छ । जेठ १ गतेदेखि परम्परागत शैलीमै रानीपोखरी निर्माण गरिने भएपछि, बैशाखभित्र आधुनिक साग्रमी निकालेर फालिने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिएका छन् । प्रताप मल्लकालिन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर रानीपोखरी पुन निर्माण गर्ने भएपछि, अब आधुनिक सामग्री प्रयोग गरेर बनाउँदै गरिएका संरचना भत्काउन मात्रै लाखौं खर्च गर्नुपर्ने भएको छ ।

काठमाडौं महानगरको पूर्वाधार विकास विभागका पूर्वाधार प्रमुख राम बहादुर थापाले, पुन निर्माणका क्रममा आधुनिक निर्माण सामग्री हालेर बनाइएका अपुरा संरचना भत्काउन मात्रै अब १६-१७ लाख रुपैयाँ जति लाग्ने अनुमान गरिएको जानकारी दिएका छन् ।

तर भत्काएर हटाउनु पर्ने आधुनिक संचरनाको निर्माणमा लागेको खर्च विवरण भने निर्माण कम्पनी जेबी वल्र्डवाइडले उपलब्ध नगराएको उनको भनाइ छ । उनले भने “आधुनिक शैलीमा बनाइँदै गरेको संरचनाका लागि कति खर्च भयो भन्नेबारेमा मूल्यांकन भइसकेको छैन, मैले दुई चार दिनभित्र खर्च विवरण बुझाउन जेबीका प्रमुख अर्जुन कँडेललाई भनिपठाएको छु“ ।

काठमाडौं महानगरपालिकाले कंक्रिट हालेर काम अघि बढाएपछि पुरातात्विक सम्पदा नाश भएको भन्दै चौतर्फी आलोचना भएको थियो । गत पुस ११ मा उपमेयर हरिप्रभा खड्गीको उपस्थितिमा रानीपोखरीको गेटमा तालाबन्दी समेत भएको थियो । लगत्तै मेयर शाक्यले ताला तोडेपछि विवाद चर्किएको थियो ।

त्यसपछि, महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको थियो  । यसबारे अध्ययन गर्न पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको ११ सदस्यीय विज्ञ समिति समेत गठन गरिएको थियो ।

आधुनिक निर्माण सामग्री प्रयोग गरेर हुँदै आएको निर्माणको काम भने गत पुुस १३ गतेदेखि स्थागित गरिएको थियो । आफ्ना कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकमुक्त गराउन प्रताप मल्लले वि.सं १७२७ मा दुई वर्ष लगाएर बनाइएको रानी पोखरी वि.सं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ