arrow

जर्ज डब्लु बुसकी आमा बारबाराको अन्त्येष्टि आज

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
barbarabush.jpg

हाउस्टन, अमेरिका । अमेरिकाका पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रम अप्रिल २१ अर्थात आज हुने भएको छ । बारबाराको ९२ वर्ष उमेरमा गत मंगलबार निधन भएको थियो । उनलाई शुक्रबार सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिन पाउने व्यवस्था मिलाइएको थियो ।

उनको गृहनगर हाउस्टनका प्रहरी प्रमुखले सुरक्षा सतर्कता बढाइएको पत्रकारलाई बिहीबार जानकारी दिएका थिए ।

अन्त्येष्टि कार्यक्रममा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, उनकी श्रीमती मिसेल ओबामालगायतका अतिविशिष्ट व्यक्ति आउने कार्यक्रम रहेको हुनाले पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसकी श्रीमती र अर्का पूर्वराष्ट्रपति जर्ज डब्लु बुसकी आमा बारबाराको अन्त्येष्टिमा उच्चपदस्थको बढी भिड हुनु स्वभाविक भएको बताइएको छ ।

स्वर्गिय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उनका छोरा जर्ज डब्लु बुसकी २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ