arrow

जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
accident-final.jpeg

डोटी  । डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिवार दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् ।  दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रहरी र स्थानीयवासी मिलेर घाइतेहरुको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ