arrow

भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
Jhapa_District.png

बनियानी । झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । 

रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए । 

उनका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर फ्लाइट’ कार्यविधि तयार भएको छ । अहिले विमानस्थलमा पाँच हजार मिटरबाट विमान अवतरण र उडान भइरहेको छ । 

आइएफआर प्रविधिपछि १७ सय मिटरबाट अवतरण र उडान गर्न सकिने कार्यालयले जनाएको छ । तीन महिनाभित्र काम सम्पन्न गरेर आगामी दशैँसम्ममा रात्रिकालीन उडान गर्ने लक्ष्य रहेको प्रमुख चुडालले बताए । 

रात्रि उडानका लागि बुद्ध एयरले परीक्षण उडान गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ