arrow

भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड हुने

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
Rape-Cases.jpg

नयाँ दिल्ली । भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको छ । 

हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानूनबारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाएका थिए । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरिएको हो । 

जम्मुकाश्मिरमा एक कलिली बालिकामाथि भएको उक्त घटनाको निन्दा गर्दै देशैभर विरोध प्रदर्शन भएपछि प्रधानमन्त्री मोदीले उक्त कानूनी प्रावधान अघि सारेका थिए । मन्त्रीपरिषद्को उक्त निर्णयलाई सरकारले विचार विमर्शका लागि भारतीय राष्ट्रपतिसमक्ष पेश गर्ने बताइएको छ । 

पछिल्लो निर्णयले किशोरीमाथि हुने बलात्कारको सजायलाई पनि थप कडा पारेको बताइएको छ । 

 बालिका बलात्कारीलाई फाँसीको कानुन बनाउन दबाब दिँदै भारतको दिल्ली महिना कमिशनकी अध्यष स्वाती मलिवाल गत फेबु्रअरी १३ तारिखदेखि राजघाटमा अनिश्चितकालीन आमरण अनसनमा बसेकी थिइन् । 

स्वातीले आइतबारै अनसन तोड्ने छिन् । उनले अनसन तोडे पनि नारीविरुद्ध हुने गतिविधिप्रति संघर्ष गरिरहने बताएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ