arrow

किन भइरहेछ धमाधम पाटे बाघको मृत्यु ?

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
tigers.jpg.jpeg

रत्ननगर । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आइतबार एउटा दुर्लभ पाटेबाघ मरेको छ । 

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । 

बाघ शनिबार राति अर्को बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गरेकी थिइन् ।  

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ ।

 “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौं, अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भनिन् । 

हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ