arrow

बस्दै कांग्रेस बैठक, देउवाले पदाधिकारी मनोनित गर्ने 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
congress-party-office.jpg.jpeg

काठमाडौँ । लामो समयदेखि स्थगित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दैछ । गत चैत ९ गतेदेखि जारी बैठक १६ चैतदेखि स्थगित छ । 

काँग्रेस नेता खुमबहादुर खड्कको निधनपछि बैठक बस्न सकेको छैन । गत शुक्रबार बैठक बस्ने भनिए पनि मालिन्दो एयर विमान दुर्घटनाका कारण बस्न सकेन । 

बैठकमा सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । 

स्रोतका अनुसार पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको र सो क्रम सकिएपछि देउवाले पदाधिकारी मनोनितको प्रस्ताव राख्ने सम्भावना रहेको छ ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्य मध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । 

सभापति देउवाले दुई वर्ष दुई महिनाअघि नेतृत्व सम्हाल्दा भनेका थिए कि एक महिनाभित्रै पदाधिकारी चयन हुन्छ । तर अहिलेसम्म गर्न सकेका छैनन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति पदका उम्मेदवार कृष्ण सिटौला समूहले देउवाको आलोचना गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ