arrow

यातायात व्यवसायीले आन्दोलन फिर्ता नलिए प्रतिरोध गर्ने वाइसीएलको चेतावनी

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
krantikari.jpg

काठमाडौं । यतिबेला यातायात व्यवसायीको आन्दोलन पेचिलो बनेको छ । एकातिर सरकारले यातायातको सिन्डिकेट तोड्ने प्रयास र अर्कातिर व्यवसायीहरु पुरानै शैलीमा चल्न पाउनुपर्ने अडानमा । 

यसको मार सर्वसधारणलाई नै पर्ने निश्चित छ । तर सरकारले सार्वजनिक यातायात क्षेत्रको सिन्डकेट खारेज गर्ने गरेको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका यातायात व्यवसायीलाई नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले ठाडो चेतावनी दिएर माहौल अझ तात्ने देखिएको छ । 

केही यातायात व्यवसायी संगठनको नाममा चरणबद्ध आन्दोलन घोषणा भएको र यसले जनजीवनमा असुविधा, अस्तव्यस्तताको सृजना गर्दै आएको भन्दै वाइसीएलको ‘गैर–भूगोल’ प्रदेश (प्रदेश नं १) समितिले खबरदारी गरेको छ । 

विज्ञप्ती जारी गर्दै उसले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता नलिए यसको विरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ