arrow

इक्यानमा फेरि पनि पाण्डे, पहिले प्रकाश अहिले विष्णु 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
ecan-pandey.jpg

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । 

आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । 

शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि इक्यानको १२औँ साधारण सभाले अध्यक्षमा पाण्डेसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कूल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत पाएका थिए भने बस्नेतले १६५ मत ल्याएका थिए । 

यसैगरी उपाध्यक्षमा महेशबाबु तिमल्सिना , राजेन्द्र रिजाल र देवीदास भट्टराई निर्वाचित भएका छन् । 

त्यस्तै महासचिवमा पाण्डे समूहबाट शेषराज भट्टराई निर्वाचित भएका छन् । 

त्यस्तैगरी सचिवद्वयमा दीपकराज भुसाल र विक्रम केसी तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण (बिके) श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह विजय भएका हुन् । 

इक्यानमा पाँच जिल्ला शाखासहित करीब ५०० परामर्श केन्द्र आबद्ध रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ