arrow

आत्मघाती आक्रमणमा ५२ को मृत्यु, ११२ घाइते 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
afghanistan-tv.jpg

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ । 

नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक सरकारी कार्यालय अगाडि रहेका समय स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको प्रहरीले जनाएको छ । 

आक्रमणकारी अन्य नागरिक झैँ उक्त कार्यालयमा मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकलाई लक्षित गरी आक्रमण गरेको थियो । 

घटनास्थललाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ । उपचाररत कतिपय घाइतेलाई गहिरो चोट लागेकोले मृतक सङ्ख्या थप केही बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ । 

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो । 

अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ