arrow

मन्त्री बस्नेतलाई लाग्यो समृद्धिको आधार पर्यटन

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
Shakti-Basnet.jpg.jpeg

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरे ।

उनले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताए । सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्छ भने । 

पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरे ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ