arrow

कांग्रेस सभापतिलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
nsu-photo.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

गम्भीर ध्यानाकर्षण सम्बन्धमा भन्ने विषय शीर्षक राखेर नेविसंघले महाधिवेशन सकिएको २० महिना भइसक्दा समेत अहिलेसम्म विवादित ११ जिल्लाको सन्दर्भमा कुनै कदम नचालिएको उल्लेख छ । 

पार्टीको निर्देशन र नेविसंघको विधि र विधानलाई बेवास्ता गर्दै नेविसंघका अध्यक्षले संगठनको गरिमालाई कमजोर र धरासायी बनाउने क्रियाकलाप गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । 

ज्ञापनपत्रमा ३ बुँदे मागहरु राखिएको छ ।
१, नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोकियोस् । 

२, नेपाल विद्यार्थी संघका अध्यक्षले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण अवैधानिक निर्णयहरु तत्काल खारेज गरी सहमतिको आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाइ विधिवत् महाधिवेशन गरियोस् । 

३, नेविसंघलाई सहमति, सहकार्य र समझदारी अनुसार अगाडि बढाइयोस् । सार्थ हामीले ०७४ कार्तिक २८ गते प्रेस विज्ञप्तिमार्पmत र ०७४ पुस ९ गते पार्टीसभापतिलाई बुझाएका मागहरु तत्काल सम्वोधन होस् । 

यी मागहरु २४ घण्टाभित्र सम्वोधन नगरिएको खण्डमा आफूहरु कडाभन्दा कडा आन्दोलनको आँधिवेहरि ल्याउने चेतावनी पनि दिइएको छ । प्रतिकुल अवस्थाको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने समेत नेविसंघले बताएको छ । 

उक्त चेतावनीयुक्त ज्ञापनपत्रमा पाँच उपाध्यक्षले हस्ताक्षर गरेका छन् । उनीहरुले काँग्रेस पार्टी मुख्यालय विपीनगर सानेपामा पार्टी सभापति शेरबहादुर देउवालाई सोमबार बिहान बुझाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ