arrow

४ दशक पछि बाग्मती यात्रा आजदेखि शुरु

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
bagmati1.jpg

काठमाडौं । ४ दशक पछि बाग्मती यात्रा सोमबारदेखि शुरु भएको छ ।  बाग्मती नदीको कटुवाल दहदेखि बाघद्धार सम्मको १८ कोशको यात्रा ४ दशकपछि शुरु भएको छ । पशुपति क्षेत्र बिकास कोषले आयोजना गरेको यो यात्रा एक साता सम्म जारी रहनेछ ।  १७ दिनसम्म बाग्मती नदीको किनारै किनार गरिने यात्रा यसपाली भने ७ दिनमा समापन  गर्ने लक्ष्य राखेको छ ।

धार्मिक रुपमा महत्व रहेको बाग्मती  नदी मानब सभ्यता संग पनि जोडिएकाले  यसको संरक्षणका लागि वैदिक र तान्त्रिक दुवै बिधिबाट यात्रा सुरु गरिएको यात्राका संयोजक तथा पशुपति आगमघरका पुजारी  मदन  भट्टले बताए । पहिलो दिन सोमबार   बिहान पशुपतिनाथबाट सुरु गरिएको यात्रा कार्यबिनायक र दक्षिणकाली गोपालेश्वरको पूजा गरी  कटुवाल दहमा पुगेर त्यहा ध्वजा कलश स्थापना गरिनेछ ।

पहिलो दिन कटुवालदहको यात्रा गरी त्यही शिखर नारायणमा बास बस्नेछ ।  दोस्रो दिन सुन्दरीघाट बल्खुमा स्नान गरेर  टेकु दोभानमा पञ्चलिंगेश्वर र पचली भैरबको पुजा गर्दै बाटोमा पर्ने २७ तीर्थस्नान गरेर शंखमुलमा बिश्राम लिइनेछ । तेस्रो दिन शंखमुलबाट प्रयागघाटमा स्नान गरी बाटोमा पर्ने ४० भन्दा बढी तीर्थस्नान गर्दै कोटेश्वर महादेबको पूजा गरीनेछ ।

 यसरी नै ७ दिनसम्म कोटेश्वर महादेव ,  गुहेश्वरी , सुन्दरीजल , बुढानिलकण्ठ, बज्रयोगिनी हुदै चागुनारायण , शंखतीर्थ , गुहेश्वरी , मृगेश्वर बिरुपाक्ष हुदै अन्तिम दिन रुद्रगाडेश्वर पुगेर बाग्मती यात्रा समापन हुनेछ ।

यो अबधिभर बाग्मती नदीको आसपासका करीब १ सय ७० तीर्थस्नान गरिनेछ । यो यात्रामा सहभागीहरुले जमिन , हीरा, मोती लगायतका बिभिन्न द्रब्य सामग्री  दान दिने गर्छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ